"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिञ्जामा बोलिने नेपाली भाषा कसरी बन्यो राष्ट्रिय भाषा ?

प्रकाशित मिति :  २७ श्रावण २०८०, शनिबार १२:३२


नेपाली भाषा नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको र विदेशमा रहेका नेपाली मुलुकका नागरिकहरुको साझा भाषा हो। यसमा कसैको पनि दुईमत नहोला। भाषाको सौंदर्य पक्षलाई हेर्नु हो भेने यो भाषा विशोका धेरै उत्कृष्ट भाषाहरू मध्ये पर्दछ। विश्वको धेर भाषा हरू लोप हुँदै जाँदा यो भाषा दिनदिनै विकास हुँदै गएको पाइन्छ। मेरो यस लेख को उदेश्य भाषाको व्याकरण पक्षको चर्चा गर्नु नभई यसको इतिहास, वर्तमान अवस्था, विकास र नेपाली ले लिएको अपनत्व बारेमा प्रस्ट्याउने हो।

नेपाली भाषा भारोपेली भाषा परिवार को एक शाखा हो। यो भाषा नेपालको सिञ्जा उपत्यकामा उत्पति भएको भाषा वैज्ञानिकहरूको ठहर छ। हिन्दु-आर्य मूलका एक हागो खास आर्यको सिञ्जा उपत्यकामा र आसपासको भूमिमा प्रवेशसँगै स्थनियजातिसँग संसँगपछि यो भाषाको उत्पति भएको पाइन्छ। इतिहासका तथ्यहरु हेर्दा यो भाषालाई विक्रमको ११औं शताब्दीमा उत्पति भएको मानिन्छ। १६६२ मा दमुपालको दुललु सिलालेखलाई मानी हो भने ११औं सतब्दीमा मा यसले रूप पाएको र बोलीचाली को रूप मा आगाडि नै विकास भएको अनुमान गर्न सकिन्छ।

नेपाली भाषा धेरै पछि पुस्तक अथवा ग्रन्थहरूमा लेखिएको पाइन्छ। जुम्लाका राजा आदित्य मल्लले  वि. स १३७८ मा लेखेको ताम्रपत्र पहिलो लिखित नेपाली भाषा मानिएको छ। यसैगरी राम शाहको जीवनीलाई नेपाली भाषामा लेखिएको पहिलो पुस्तक मानिएको छ। जुन करिब १७७०-७२ तिर लेखिएको हो। त्यसपछि लगातार वडीविलास ज्योर्तिविदको ‘ ज्वरोतपती चिकिस्सा (१७७३) , प्रेमनिधि पन्तको ‘ प्रायश्चित प्रदीप’ र ‘ नुपसलोकी ‘ (१७८०) , दवादल शाहको ‘ औषधि रसायन ‘ तथा वि. स १८२५ तिर लेखिएको पृथ्वी नारायण शाहको जीवनी आदि छन्। 

भानुभक्त आचार्यले जब ‘रामायण’ लाई नेपाली भाषामा उल्था गरे मोतीराम भट्टको प्रयासमा यसको प्रकाशन भयो। त्यसपछि नेपाली भाषामा काव्य – साहित्य लेख्ने परम्पराको विकास भएको मानिन्छ। तसर्थ यस भाषाको उत्पति अगाडिनै भएको भएतापनि १६औं सताब्दी सम्म यो भाषा सुसुप्त नै रह्यो।

अर्को तर्फ हेर्नु हो भने यो भाषाको विकास, उत्पति कर्णाली अञ्चलको सेरोफेरोमा भएपनि महत्योपूर्ण विकास नेपालको पूर्वी भागमा प्रवेश भयपछि भएको पाइन्छ। धेरै नेपाली भाषाविद्हरुले यसभसको विकास पूर्वी भेगमा आइपुगेपछि मात्र भएको र अहिलेको रूप लिएको दाबी गरेको छन् ।

नेपाली भाषालाई नेपाली कहिलेबाट भन्न थालियो भन्नी टुंगो लागेको छैन। लेख्दा जे लेखेपनि बोल्नी क्रममा यो भाषा लाई अझै पनि सिञ्जाली, पर्वते, गोर्खाली, खास- आर्य भन्दै आएको पाइन्छ। नेपालको धेरै भाषिक समुदायले यस भाषालाई आफ्नो समुदायको अनुसार नाम उपनाम दिएका छन्। खास- आर्य समुदायका मानिसले यसलाई खस भाषा भन्छन। मधेसी समुदायले यसलाई पहाडे भाषा भन्छन। भाषा उत्पति र विकास को क्रम मा धेरै चरण र समय पर गरेपछि यो भाषले ‘नेपाली भाषा’ नाम पाएको भेटिन्छ।

संवैधानिक रूपमा हेर्न हो भने राजा महेन्द्रले जारी गरेको २०१९ सालको पञ्चायती संविधानमा यो भाषाले ‘नेपाली’ नाम पाई राष्ट्रभाषा को मान्यता पाएको छ। हालको संविधान २०७२ मा पनि नेपाली भाषालाई राष्ट्रभाषा र सरकारी कामकाजको भाषाको रूपमा राखिएको छ।

सिञ्जामा बोलिने नेपाली भाषा कसरी बन्यो राष्ट्रिय भाषा ?

सिञ्जामा आपसका खस- आर्यहरु वर्तमान मध्यपछिमञ्चल, पश्चिमाञ्चल, हुँदै पूर्वाञ्चलमा पुगे त्यसबेला यसभसलाई खस भाषा भनियो। जब गोर्खाली राज्यको विस्तार सँगै गोर्खाली हरू त्रिशुली नाघेर काठमाण्डौ र पूर्व नेपालतर्फ विजयी भए त्यसबेला यसभासलाई गोर्खाली भाषा भनियो। पहाडमा रहेका मानिसहरू तराई मुलुकमा समान किनमेल र व्यापारको सिलसिलामा तराई झर्ने थालें त्यसपछि यसभासालाई पहाडे भाषा भन्न थालियो। पृथ्वीनारायण शाह को नेपाल एकिकरण को भूमिका ले भूमिको मात्रै आकिकरण नभई नेपाली भाषाको पनि व्यापक स्थापना भयो। यसको प्रमाण नेपालमा सुरुवात गरेको अखबारको इतीहाँस ले प्रष्ट हुन्छ।

  • गोरखा भारत जीवन – नेपाली भाषामा छापिएको पहिलो पत्रिका गोरखा भारत जीवन हो। यो वि. स. १९४१ मा रामकृष्ण बर्मा को सम्पदक्त्योमा मोतीराम भट्टले प्रकाशन गरेका थिए। यो पत्रिका बनारस बाट निकालिएको थियो। यो पत्रिका को नाम गोर्खा राख्नेको कारण त्यसबेला गोर्खा शब्द नै सर्वतकृष्ट थियो।
  • सुधा सागर – सुधा सागर नेपाल भित्रै बाट प्रकाशित पहिलो पत्रिका हो। यसलाई पनि नेपाली। भाषाको उत्पति र विकासको प्रमाणको रूप मा लिईन्छ।
  • गोरखापत्र वि. स. १९५८ देखि हालसम्म निरन्तर प्रकाशित पत्रिका ले पनि ‘नेपाली वा नेपाल’ को स्थापना गोर्खा नै राख्यो।
  • पत्रपत्रिकाको इतिहासले यस भाषालाई धेरैपछि सम्म नेपाली भाषा नभनि गोर्खाली भाषा भनिएको प्रमाण दिन्छ।

राजनीतिक, सामाजिक विकास को क्रम सँगै नेपालमा रहेको राणाशासन समाप्त पार्न को निम्ति विभिन्न राजनीतिक दलहरुको गठन भयो। त्यसबेला सबै नेपालीलाई एकताबद्ध बनाउन राजनीतिक एकता सहित भाषिक एकता पनि आवश्यक थियो। त्यसबेला यो भाषा बोल्न र बुज्नि नेपालीहरुको समूह ठूलो थियो। तर यस भाषालाई गोर्खाली वा गोर्खा भाषाको नाम ले चिनिन्थे। आन्दोलनलाई अझ उत्कर्ष बिंदु मा पुर्याउनको लागि यसभसलाई तत्कालीन आन्दोलनकारी शक्तिले नेपाली भाषा भन्न थालें। र त्यसको उच्चतम अवस्था मा वि. स २०१९ सालमा राजा महेन्द्रले संविधानमा नेपाली भाषा नेपालको राष्ट्रिय भाषा भनेर लेखे।

यस भाषाको उत्पति, विकास र नाम विगतमा जे भएतापनि अहिले यो भाषा ‘नेपाली’ भाषा भनेर स्ताफित भएको छ। नेपाल बहुजाति मात्र नभई बहुभाषी मुलुक पनि हो। यहाँ १०० भन्दा बढी भाषाहरू बोलिन्छ विश्व मा चलिरहाएको पहिचानको मुद्धामा नेपाली भाषालाई अब्बल स्थानमा ल्याउन नेपाली भस्म रहेको व्याकरणगत जटिलतालाई हटाउँदै विदेशी र सोदेसि भाषाको प्रचलित शब्दहरूलाई स्वीकार गरी यसको फाँट फरीकालो बनाउनु पर्छ।

  • लेखक भाषा र कानुनका विद्यार्थी हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको

महाप्रस्थानको पहिलो स्मृति पुण्यतिथिमा आइपुग्दा राजनीतिक विचारक प्रदीप गिरीलाई फेरि सम्झिने मौका मिल्यो । उनी विचारका मार्फत समाजको भुइँतहमा रहेर

समसामयिक नेपालको राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले हेर्दा राजनीतिक सिद्धान्त र सदाचारको मूल बाटोबाट विमुख भएर बरालिएको विमार्गतिर रुमलिएको हो कि

नेपालको समसामयिक राजनीति गत हप्ता निकै गर्मागर्मी अवस्थामा रह्यो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षले संसद् अवरुद्ध गर्दै राजीनामासमेत माग्यो। संसद्