"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘मनसरा’ को अग्रिम बुकिङ खुला

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार २०:०८


काठमाडौं । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट खुला भएको छ । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो दिइएको हो । त्यस्तै, वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।

बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम टिकट बुकिङ खुला हुने निर्माण पक्षले जनाएको छ । प्रवीण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्म वैशाख २१ गते (शुक्रबार) बाट प्रदर्शनमा आउँदै छ । 

कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– २०८० सालको मदन पुरस्कारका लागि पाँचवटा पुस्तक छानिएका छन्। यसरी छानिएका पुस्तकहरूमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’,

काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको

काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको