"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार २०:००


काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । विश्वकपको तयारीस्वरूप नेपाली टोलीले वेस्ट इन्डिज ‘ए’ सँग खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ। मन्त्री

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज

काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको