"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वेस्टइन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालको सान्त्वना जित

प्रकाशित मिति :  २० बैशाख २०८१, बिहीबार १२:०६


काठमाडौँ ।  वेस्टइन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी-२० शृंखला वेस्टइन्डिजलाई ३-२ ले सुम्पिएको छ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो तर त्यसपछिका तीन खेलमा भने वेस्टइन्डिज हाबी हुँदै लगातार जित हासिल गर्न सफल भयो। दोस्रो खेल १० रनले जितेको वेस्टइन्डिजले तेस्रो खेल ७६ रनले जित्दै शृंखलामा अग्रता बनाएको थियो। तेस्रो खेलमा २८ रनको जित हासिल गर्दै वेस्टइन्डिजले शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो।

वेस्टइन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८‍‍‍.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा अनिल र आशिफ नायक बने। यसअघि ३ इनिङ्स खेलका अनिलले ६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा २० रन मात्रै बनाएका थिए। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।

दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्ने क्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए। तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।

तर पाँचौँ खेलमा पुन: टोलीमा फर्किएका उनले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन प्रहार गरे।  चौथो खेलमा शून्य रनमा आउट भएका आशिफले पनि पाँचौँ खेलमा पुनरागमन गरे। ३५ बल खेलेक उनले २ चौका र ५ छक्का प्रहार गरे। आशिफले ५ खेलको टी-२० शृंखलामा दुई पटकमात्रै टोलीमा स्थान बनाउन सके। अर्का ओपनर कुशल भुर्तेल भने लयमा फर्किन सकेनन्। यसअघि दुई खेलमा १७ रन बनाएका उनी पाँचौँ खेलमा भने १३ रन बनाएर पेभिलियन फर्किए।

कुशल मल्ल ३७ र रोहितकुमार पौडेल शून्य रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए। वेस्ट इन्डिजका ओबेल म्याकोइले सर्वाधिक ३ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। म्याथ्यू फोर्डेको नाममा १ विकेट रह्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

वेस्टइन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। २९ बल खेलेका उनले १ चौका ३ छक्का प्रहार गरे। २३ बल खेलेका कप्तान रोस्टन चेल्सले ५ चौकासहित ३३ रन बनाए। जोनसन चार्ल्स २४, म्याथ्यू फोर्डे २३ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सोमपाल कामी र सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभरमा १६ रन खर्चिएका सोमपालले ३ विकेट लिए। २ ओभर बलिङ गरेका सागरले भने ३ विकेट लिन १७ रन खर्चिए। यस्तै, अविनाश बोहराले १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम