"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद अधिवेशन माघ १८ गते बोलाउने तयारी

प्रकाशित मिति :  ४ माघ २०८०, बिहीबार १२:०६


काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए । दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

मन्त्री गुरुङले माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।

सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका संसद सचिवालयका एक अधिकारीले बताए । सभामुख घिमिरेले सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गरेका छन् ।

कुन दिन बैठक राख्ने भन्ने तय गर्न सके सकारात्मक परिणाम लिन सक्ने सभामुखको अपेक्षा छ । तर, सातामा तीन दिन विधेयकमाथिको छलफल हुनका लागि बिजनेस अभाव हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा कानुनमन्त्री गुरुङले संसदमा विचाराधीन विधेयकहरु सरकारको उच्च प्राथमिकतामा रहेको र अगाडि बढाउन सभामुखको भूमिकाको अपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक प्रक्रियामा छन् । राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरु पनि रहेका छन् ।

सरकारले नीति तथा कार्यक्रम फागुनमै संसदमा पेश गर्ने भनेको र त्यसका लागि समेत ख्याल गरेर क्यालेन्डर बनाउन सभामुखलाई कानुनमन्त्री गुरुङले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गरेका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम

काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौँ । तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी