"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माघ २५ गतेदेखि क्यान इन्फोटेक मेला

प्रकाशित मिति :  १९ माघ २०८०, शुक्रबार १३:१९


काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

क्यान इन्फोटेक माघ २५ देखि माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्रालि रहेको छ भने प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन,  डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गरेका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौँ । तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी