"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बूढानीलकण्ठमा कार्यरत सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  २४ पुष २०८०, मंगलवार १६:३८


काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतोमा निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अनुसन्धानबाट पुष्टि भएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

राई र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बममोजिनको कसुरमा बिगो ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुने विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गरेका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम

काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

काठमाडौँ । तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी