"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँध्यो ?

प्रकाशित मिति :  २६ श्रावण २०८०, शुक्रबार १७:०२


काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।

कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताएका छन् ।

सांसद प्रदीप पौडेलले दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयले प्रवेश पाएको बताए । ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ । जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन ? उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘बैठकमा यसबारे छलफल भएको छ ।’

शुक्रबारको बैठकमा त्यसबारे छलफल भए पनि निर्णय भने भएको छैन । बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सांसद पौडेलले सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने बताए ।

‘भ्रष्टाचारका फाइलहरू इमान्दारीपूर्वक खोलिएको हो भने त्यसमा सबैको साथ सहयोग हुनुपर्छ । तर अमुक पार्टीको मान्छे पर्‍यो भने कारबाही गर्ने, तर आफ्नो पार्टीको पर्‍यो भने कारबाही नगर्ने भन्ने भयो भने असहज हुनसक्छ,’ उनले अघि भने, ‘अहिले विभिन्न प्रकरणमा ज–जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन ? र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ ? भन्ने कुराले आशंका पैदा गर्छ ।’

उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।  उनले २७७७२ मत पाएका छन्।