"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

प्रकाशित मिति :  १८ बैशाख २०८१, मंगलवार ११:०४


इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।  उनले २७७७२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाए।

नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्। त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्।  इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो। 

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी-स्टेटमा जसरी सट्टा भर्ना गर्न १०१ कम्पनीले निवेदन दिएको भन्दै उनले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिन लागेका छन्

काठमाडौं । विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका छन् । विपक्षी दलहरुको आइतबार बसेको बैठकले