"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालयले गर्यो एकैपटक ७० जना कर्मचारीकोको सरूवा

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १३:१९


सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको काज सरूवा गरेको हो।

 जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।  

 मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई पठाइएको छ। यसअघि मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गर्दा भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा गरिएको छ।

यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरूवा गरेका सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

झापामा शिवराम पोखरेल, दाङमा सुशिल वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई पठाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख

नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका

काठमाडौँ। ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८०मा