"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ठमेल, दरबारमार्ग २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

प्रकाशित मिति :  २९ चैत्र २०८०, बिहीबार १३:२९


काठमाडाैं । प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।

‘ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने छ,’ उनले भने ।

परिसर प्रमुख खत्रीले राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गरेका ३ हजार ७०० मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै लागूऔषध दुव्यर्सनी सम्बन्धी देशभर ४ हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग