"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध

प्रकाशित मिति :  १५ फाल्गुन २०८०, मंगलवार १६:०८


काठमाडौँ । लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकार कठोर बनेको छ। प्रहरी प्रशासनले प्रशासनिक केन्द्र सिंहदरबारको पेटीमा हिँड्न पनि नदिने ध्येयले डोरी टाँगेर निषेधित क्षेत्र लेखेको छ।

त्यस्तै, संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न रोक लगाइएको छ। संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ। यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि सुरक्षा सतर्कता बढाइएको छ। बालुवाटारको उत्तर र पूर्वतर्फको पेटीमा प्रवेश निधेषको ब्यानर राखिएको छ।

सोमबार सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको निष्कर्ष निकालिएको थियो। घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ।