"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१४१ जना डिएसपीको सरूवा [सूची सहित]

प्रकाशित मिति :  ८ चैत्र २०८०, बिहीबार १६:४२


काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरको बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ। सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउनेछन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी रेवतीरमण पोखरेललाई इलाका प्रहरी कार्यालय बर्दिबास सरूवा गरिएको छ। उनको स्थानमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भैरहवामा कार्यरत डिएसपी अनिल ठकुरीलाई ल्याइएको छ।  त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दुर्गा प्रसाद दाहाललाई सरूवा गरी प्रहरी प्रधान कार्यालय विमानस्थल समन्वय शाखा तानिएको छ।

उनको स्थानमा प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा कार्यरत डिएसपी सुवास हमाल पठाइएको छ। त्यस्तै सिआइबीका अर्का डिएसपी डा. तपन कुमार दाहाललाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत डिएसपी श्याम कुमार सारूमगरलाई पठाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी डिल बहादुर मल्ललाई प्रहरी वृत्त ललितपुर पठाइएको छ। उनको स्थानमा  नगर प्रहरी कार्यालय काठमाडौंका डिएसपी रोशन खड्कालाई पठाइएको छ।

को कहाँ पुगे ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२०

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार