"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढीलाई कारबाही

प्रकाशित मिति :  १८ माघ २०८०, बिहीबार १२:५८


काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्रता दिएको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष ०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको छ।

तीन करोड ९९ लाख ६९ हजार राजस्व संकलन

मापसेबाट गरिएको कारबाहीबाट कुल तीन करोड ९९ लाख ६९ हजार राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङलाई प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाउँछ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ।

कुन प्रदेशमा कति कारबाहीमा परे ?

यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६ सय २७, कोशी प्रदेशमा दुई हजार पाँच सय २४, मधेश प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार नौ सय २३, लुम्बिनी प्रदेशमा दुई हजार सात सय ७३, कर्णाली प्रदेशमा एक हजार दुई सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्यांकमा उल्लेख छ । मापसे गरी सवारी चलाउने मात्र होइन, मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । 

काठमाडौं उपत्यकाका धैरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

प्रदेशमा राजस्व संकलन

यस अवधिमा कारबाहीमा पर्नेबाट काठमाडौं उपत्यकामा  एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा  २५ लाख ३९ हजार पाँच सय, मधेश प्रदेशमा  २० लाख ४२ हजार पाँच सय, बागमती प्रदेशमा ११ लाख १७ हजार, गण्डकी प्रदेशमा  ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा  २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा  १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा  २० लाख ४२ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।  

यसैगरी, यस अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग