"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रुसले ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण

प्रकाशित मिति :  २७ श्रावण २०८०, शनिबार १६:४९


एजेन्सी । रुसले करिब ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८:१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ ।

लुना २५ आगामी २१ वा २२ अगष्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एकवर्ष सम्म काम गर्नेछ ।

लुना २५ को वजन भने १.८ टन रहेको छ, जसमा ३१ केजी बराबरका विभिन्न वैज्ञानिक उपकरण छन् । जसले चन्द्रमाको सतहमा उत्खनन गरेर चट्टान तथा माटोको नमूना संकलन गर्नेछ । यसबाट चन्द्र सतहमा जमेको पानी, अक्सीजन आदिको सम्भावनाको खोजी गरिनेछ ।

रुसले यसअघि चन्द्रमामा पठाएको यान लुना २४ हो । जुन सन् १९७६को अगष्ट १८ मा प्रक्षेपण गरिएको थियो । 

  • एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू

काठमाडौं / एजेन्सी। प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग