"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्कलाई निरन्तर सहयोग रहने संयुक्त राष्ट्रसंघको आश्वासन

प्रकाशित मिति :  २८ चैत्र २०८०, बुधबार १६:३२


काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम सरवारसँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा भएको शिष्टाचार भेटका क्रममा गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको क्षेत्रसँग राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए ।

भेटका क्रममा उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर प्राप्त सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

गुटेरेस र सरवारको भेटमा दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

सरवारले सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), विश्व खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी गराउँदै बदलिँदो परिवेशमा त्यसलाई अद्यावधिक गर्नुपर्ने आवश्यक्ता समेत औँल्याएका थिए ।

साथै, राष्ट्रसङ्घ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन सार्क सचिवालय र राष्ट्रसङ्घबीच संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने भन्दै उनले सार्क सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि समेत गुटेरेससँग अनुरोध गरे ।

महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै क्षेत्रगत साझेदारीका लागि सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । सार्क सन् २००४ देखि संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो