"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बझाङको प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

प्रकाशित मिति :  १७ बैशाख २०८१, सोमबार १४:०२


काठमाडौँ । बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

उनले ११६१२ विजयी मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए र तेस्रो भए एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएर चौँथो भए। यहाँ एक पदका लागि ११ जना उम्मेदवार थिए।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। त्यसबेला उनले नेकपा एमालेका अभिभाल ओखेडालाई पराजित गरेका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। अहिले पराजित कांग्रेसका उम्मेदवार उनै सिंहका छोरा हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको