"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दक्षिण कोरियामा डिपीके पार्टीलाई बहुमत

प्रकाशित मिति :  ३० चैत्र २०८०, शुक्रबार १३:१९


एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको निर्वाचनमा डिपीकेले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत ल्याएको हो।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।

दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो । चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले राजीनामा दिएका छन्। प्रधानमन्त्री हान डुक शोलाई पनि राजीनामा गर्न भनिएको छ।

चुनावी नतिजाले राष्ट्रपति युन सुक योललाई पनि समस्यामा पारेको छ। सन् २०२२ मा राष्ट्रपति बनेका उनको अझै तीन वर्ष कार्यकाल बाँकी नै छ। त्यस अवधिमा उनको दलको बहुमत नहुँदा विभिन्न विधेयकहरू ल्याउन चाहेअनुसारका कामहरू गर्न उनलाई अप्ठ्यारो पर्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु

वीवीसी/ एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने

बीबीसी / एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच

एजेन्सी / वीवीसी । फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित निकालेको छ। आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी