"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको निरन्तर अवरोधपछि दुवै सदनका बैठक स्थगित

प्रकाशित मिति :  २६ श्रावण २०८०, शुक्रबार १४:२७


काठमाडौँ ।  नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै अवरुद्ध गरेको हो।

सभामुखले आगामी सोमबार बस्ने गरी बैठक स्थगित गरेका हुन्। त्यस्तै, सत्ता र प्रमुख प्रतिपक्षी दुवैको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध गरेका थिए।

त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरिरहे।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरे। तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरे।

अब राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।प्रतिनिधिसभा बैठक साउन २९ गते सोमवारलाई बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको