"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

प्रकाशित मिति :  १५ श्रावण २०८०, सोमबार १९:०५


काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ।

यस वर्ष कोसी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोसी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ।
 
मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा तीन लाख ५४ हजार तीन सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा दुई लाख नौ हजार ८६ हेक्टर क्षेत्रफलमा  मात्र धान रोपाइँ सकिएको छ ।
 
बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार चार सय २० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 
 
गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा एक लाख चार हजार ६ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 
 
लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा तीन लाख तीन सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म दुई लाख ४३ हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । 
 
कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताए। गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशत मात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार सात सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार नौ सय १८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
 
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार चार सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ। सो प्रदेशमा हालसम्म एक लाख ६९ हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ ।  दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो