"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङ नगरपालिकाद्वारा २५६ बीउ बाख्रा वितरण

प्रकाशित मिति :  २५ बैशाख २०८१, मंगलवार १९:१०


स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन होइन, जीवन जीउने जुक्ति सिकाऔँ’ भन्ने मुल अभियान सहित आर्थिक समृद्धिको लागि साझेदारी कार्यक्रम सञ्चालन भएको छ ।

गल्याङ नगरपालिकाको आयोजनामा, कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत नगरपालिकाको आर्थिक र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित समुह सदस्यहरुको लागि बीउ बाख्रा र बोका र बंगुर उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईका अनुसार विपन्न घर परिवारलाई आर्थिक अवस्थामा समृद्ध गराउने, महिलाहरुलाई सशक्तिकरण गर्ने, कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उधमीहरुको विकास गर्न जोड दिएको बताए ।

गल्याङ नगरपालिका विभिन्न वडाहरुमा उक्त कार्यक्रममा लागु भई २०० वटा बीउ बाख्रा र ५६ वटा बीउ बोका गरि जम्मा २५६ बटा बाख्रा वितरण गरिएको छ । स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्ने उद्देश्यका साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङ नगरपालिकाका ११ वटै वडाहरुमा सञ्चालन गरिएको छ ।

उक्त परियोजनामा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरुको सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली – भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा