"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  २६ बैशाख २०८१, बुधबार ११:३५


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने सेतोपाटीलाई जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।

कांग्रेसले बिहीबारका लागि संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक पनि राखेको छ। सचेतक सुशीला थिङले दिएको जानकारीअनुसार बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका छन् । विपक्षी दलहरुको आइतबार बसेको बैठकले

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको