"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जारी फिल्मले मनायो प्रदर्शनको ५१औँ दिन

प्रकाशित मिति :  २१ जेष्ठ २०८०, आईतवार १८:४१


काठमाडौँ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ। निर्माण टिमले शनिबार उपत्यकाको १८ हल र उपत्यकाबाहिरको ११ हलमा गरी २९ हलमा ५१औँ दिन मनाएको हो।

साे अवसरमा निर्देशक सुब्बाले सामाजिक सञ्जालमार्फत फिल्मका वितरकलगायत ‘जारी’ फिल्मसँग सम्बन्धित प्राविधिक र कलाकारलाई धन्यवाद दिएका छन्।

फिल्म नयाँ वर्षको अवसरमा गत वैशाख १ गते प्रदर्शनमा आएको थियो। फिल्मले हालसम्म १७ करोड ४३ लाख रुपैयाँ कमाएको निर्माण टिमको भनाइ छ।

लिम्बू समुदायमा रहेको जारी कथामा आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बालगायतको अभिनय छ। शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ । पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि फिल्म ‘हल्कारा’लाई

मैले रचेको त्यो आधुनिक संसारमामैले तिमिलाई राख्न पाइन भने ?यदि मेरो लागि बनेको त्यो संसारमैले वस्न पाइन भनेर तिमिलेमलाई भन्यौं

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते  हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ