"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात स्थानको मत परिणाम आउन बाँकी, स्थगीत तिन स्थानमा आयोग अनुगमन गर्दै

प्रकाशित मिति :  ११ मंसिर २०७९, आईतवार ११:२६


काठमाडौँ। प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५५ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । गत आइतवारदेखि जारी प्रतिनिधि सभाको मतगणनामा आइतवार बिहान सम्म १५८ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। बाकि ७ क्षेत्रको मतगणना जारी छ ।तिन क्षेत्रको मत गणना सुचारु हुन सकेको छैन ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ५२ सिट जित्दै ३ स्थानमा अझै अग्रता लिईरहेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा जित हासिल गरेका छ भने २ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १७ जित निकालेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित सिट जितेको छ । राप्रपाले ७ स्थानमा विजय भएको छ भने जसपाले ६, नागरिक उन्मुक्ति पार्टी ३, लोसपा ४ जित निकालेका छन्। अब ७ क्षेत्रको मत आउन बाकि छ ।
रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ । 

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइ सक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

बाजुरामा पुन मतदान प्रकृयामा छ भने दोलखा र स्याङ्जा मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गरेका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम

काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ २५ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टिकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।