"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा सत्ता पक्ष र प्रतिपक्षविच टकराव, सहकारी प्रकरणमा कांग्रेसको अडान कायम [भिडियो]

प्रकाशित मिति :  २७ चैत्र २०८०, मंगलवार १४:५१


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताइन्।

कांग्रेस सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको अडान राखिरहेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले पनि सहकारी प्रकरणमा लाखौं बचतकर्ता ठगिएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निर्णय गरेको थियो।

कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित प्रतिनिधि सभा बैठक अवरोध गरेपछि सभामुख घिमिरेले बैठक बिनाअवरोध सञ्चालनका लागि पहल जारी राखेका छन्। उनले सोमबार र मंगलबार सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरे पनि कुनै सहमति हुन सकेको थिएन।

भिडियोमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको