"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘महाजात्रा’ प्रदर्शनबाट सुखद सुरुवात

प्रकाशित मिति :  ९ चैत्र २०८०, शुक्रबार ११:३५


काठमाडौँ- शुक्रबारदेखि हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको निर्माताले दाबी गरेका छन्। निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार यो चलचित्रले रिलिजको पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार थियो।

शनिबार सार्वजनिक बिदाको दिन भएको कारण देशभर हलहरू थप भएको र अकुपेन्सी पनि बढी भएको थियो। शनिबार यो चलचित्र करिब ३०० शो संख्यामा चलेको थियो। आइतबार पनि होलीको कारण सार्वजनिक बिदा भएकोले व्यापारमा उत्साह रहने अनुमान गरिएको छ।

यो फिल्म सिरिजका अघिल्ला दुई ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो। प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको थियो।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि

काठमाडौँ ।   मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार

काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलि चलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा लामो समयदेखि सक्रिय १० जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रदान गर्दै आएका पुरस्कारमा