"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम–२ : एमालेको अग्रता, कांग्रेसले पछ्याउदै

प्रकाशित मिति :  १६ बैशाख २०८१, आईतवार १९:०८


इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन्।

यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए। अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। खड्काले २१९७ मत ल्याएका छन्। यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा १६८ को उपधारा ५

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ । प्रधानमन्त्रीको