"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रज्ञा पुरस्कार १० जनालाई पुरस्कृत गर्ने निर्णय

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार ११:३२


काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा लामो समयदेखि सक्रिय १० जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रदान गर्दै आएका पुरस्कारमा सामान्य संशोधन र केही पुरस्कार थप गर्दै यस १० जनालाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको छ। प्रतिष्ठानले शुक्रबार जारी गरेको विज्ञप्तिमा खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय भएको उल्लेख छ। यसैगरी प्रज्ञा दर्शन पुरस्कार मोहनविक्रम सिंहलाई प्रदान गर्ने निर्णय भएको छ।

शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रज्ञा भाषा पुरस्कार देवीप्रसाद गौतम, प्रज्ञा साहित्य पुरस्कार (पद्य) बम देवान, प्रज्ञा साहित्य पुरस्कार (गद्य) राजव, प्रज्ञा बालसाहित्य पुरस्कार गंगा कर्माचार्य र प्रज्ञा अन्तर्देशीय पुरस्कार पदम विश्वकर्मालाई दिइने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रत्येक वर्ष दिइने यी पुरस्कारको राशि जनही एक लाख रपैयाँ छ। प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट योगेन्द्रमान प्रधानांग र बेचन उराँव यसअघि नै पुरस्कृत भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा