"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद अधिवेशन २२ माघमा बोलाउन सरकारको सिफारिस

प्रकाशित मिति :  ९ माघ २०८०, मंगलवार १९:४३


काठमाडौँ । सरकारले संघीय संसद्‌को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजे आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउने राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’

अधिवेशनबाट सरकारले सत्य निरुपण तथा मेलमिला आयोग विधेयक, निजामती कर्मचारी सेवा, शिक्षालगायत विधेयक अघि बढाउने सरकारको तयारी छ ।

बजेट अधिवेशन असार १८ मा अन्त्य भएको थियो ।

प्रवक्ता शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खाली थियो । उनले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको प्रस्ट पारिन् ।

जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्पूवमेन्ट आयोजना कार्यान्वयनको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् । सोमबार

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत