"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महोत्सवका लागि प्रतिष्ठानले माग्यो कविता

प्रकाशित मिति :  २४ बैशाख २०८१, सोमबार २०:१४


काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान गरेको छ। प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता आह्वान गरिएको हो।

महोत्सव आगामी असार ९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। कविता जेठ २२ गतेसम्म प्रतिष्ठानमा उपस्थित भई वा सुचनामा भएको इमेलमार्फत कम्प्युटर टाइप गरी कविता पठाउन सकिनेछ। प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई आगामी असार ९ गते ३० हजार रुपियाँसहित कदर-पत्र प्रदान गरिने छ।

कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषा र मातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ। मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्ने प्रतिष्ठान जनाएको छ।

प्रतिष्ठानका अनुसार कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव-२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन। साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्ड विपरीत रहेका कवितालाई महोत्सवको मूल्यांकनमा समावेश नगरिने प्रतिष्ठानले जारी गरेको सुचनामा उल्लेख छ।

साथै कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– २०८० सालको मदन पुरस्कारका लागि पाँचवटा पुस्तक छानिएका छन्। यसरी छानिएका पुस्तकहरूमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’,

काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको

काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको