"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नारायणगढ बुटवल सडक खण्डका कामले गति लिदै

प्रकाशित मिति :  २४ बैशाख २०८१, सोमबार २०:१९


बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ। नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर वि सं २०७५ चैत ८ देखि निर्माण सुरु भएको थियो । 

जस अन्तर्गत पूर्वी खण्ड गैँडाकोट–दाउन्ने (६५ किमी) सडक पाँच वर्षमा ५०.६२ प्रतिशत  काम सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ५०.६२ प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ ।” दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको उहाँको भनाइ छ।

यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । सडकका सानो २२ वटा (माइनर ब्रिज)मा सवै काम सकिएको खनालको भनाइ छ । निर्माणकै क्रममा पूर्वी खण्डका ठूलो (मेजर ब्रिज) १२ ठूला पुलहरु मध्य ८ वटा ठूला पुल निर्माण अन्तिम चरणमा छ । यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आशातीत प्रगति हुन नसकेकोे स्वीकार गर्दै अहिले कावासोती, मध्यविन्दु र गैंडाकोट नगरपालिकाको विभिन्न स्थानमा कालोपत्रे गर्ने काम गरिरहेको बताउनुभयो । अहिले कावासोती बजारमा दुवैतर्फ कालोपत्रे गर्न सुरु गरिएको र गैँडाकोटको थुम्सी र मध्यविन्दुको जङ्गल क्षेत्रमा एकतर्फी कालोपत्रे गर्ने काम चलिरहेको झाले बताउनुभयो ।

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो ।

बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।

अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले स्रोत साधन बढाएर वर्षायाम अगावै यथासम्भव धेरै भन्दा धेरै एकतर्फी सडक कालोपत्रे गर्न निर्देशन दिइएको समेत आयोजनाले उल्लेख गरेको छ । यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजनाले स्विकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यस सडक आयोजनामा गैंडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरी काम भइरहेको छ ।

यस खण्डमा घुम्ती र उकालो सडक भएकाले दाउन्ने खण्ड सबैभन्दा जोखिमपूर्ण मानिन्छ । त्यसमाथि हिलो र धुलोमा गाडी फस्दा यात्रुले ठूलो सास्ती भोग्दै आएका छन् । २०७५ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको पूर्वी खण्डको समग्र प्रगति प्रतिशत अप्रिलसम्म ५०.६२ किलोमिटर भएको छ । यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । २१ वटा साना पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । ८ वटा ठूला पुल निर्माण अन्तिम चरणमा छ।

यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । अप्रिल २०२४ मा मात्र ७.२८ किलोमिटर एकतर्फी कालोपत्रे गरिएको छ । यस सडकमा धुलो उड्ने समस्या न्यूनीकरण गर्न कुल १९ वटा ट्यांकर परिचालन गरी पानी हाल्ने काम समेत भइरहेको आयोजनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख