"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

प्रकाशित मिति :  १ मंसिर २०८०, शुक्रबार १७:०४


काठमाडौं । तिहार विदा सुरू हुनासाथ टिकटकलाई बन्द गर्ने भनी सरकारले गरेको निर्णय विरुद्ध अदालत खुल्नासाथ १० वटा रिट निवेदन दर्ता भएका छन् ।

कानून व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दावी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनले सबै रिट निवेदनलाई एकैसाथ राखी आगामी सोमबार(४ मंसिर)मा प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् । नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ