"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टचार मुद्दामा रेग्मीसहित ३६ जनाको सर्वोच्चमा पुनरावेदन

प्रकाशित मिति :  ४ आश्विन २०८०, बिहीबार १८:१९


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा रेग्मीसहित ३६ जनाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नक्कली बिल भरपाई बनाई सरकारी रकम हिनामिना गरेर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतको फैसला चित्त नबुझेका कारण सो मुद्दा बिहीबार पुनरावेदन गरिएको छ ।

आयोगले गरिबी निवारण ऐन, २०६३ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठित सञ्चालक समितिले कोषको सञ्चालन गर्ने व्यवस्था गरेको देखिने भन्दै मुद्दा पुनरावेदनका आधारहरू उल्लेख गरेको छ ।

गरिबी निवारण ऐन, २०६३ को दफा ५ अनुसार सामाजिक परिचालनका माध्यमबाट गरिब व्यक्ति, परिवार वा समुदायको आर्थिक तथा सामाजिक स्तर उठाउने उद्देश्यको राखेको समेत बताउँदै कोषबाट रकम भुक्तानी लिने दिने क्रममा आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्मको अवधिमा भ्रष्टाचार भएको आधार तथा प्रमाण पुष्टि भएको ब्यहोरा आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भ्रमण तथा कार्यक्रममा भएका खर्चका विल, करकट्टी, गाडीभाडा भुक्तानी, भ्रमण खर्चलगायत प्रतिवादी हकमा छुट्टा–छुट्टै आधार उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुशासनको चर्को नारा दिइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार गठन भएको १६ महिनामा १६

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ