"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतको उदासीनताले नेपाली बिजुली बंगलादेश बेच्न कठिन

प्रकाशित मिति :  १४ फाल्गुन २०७८, शनिबार १३:४९


फाइल फोटो

काठमाडौं । २८ मंसिर, २०७७ मा ढाका पुगेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भनेका थिए, ‘परिस्थिति अनुकल भए नेपालमा उत्पादित विद्युत आउँदो वर्षबाटै किन्ने इच्छा छ ।’ सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट बिजुली आफूहरुले किन्न सक्ने उनको भनाइ थियो

२०२२ मार्चमा आफैं नेपाल आएर सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग बंगलादेश ऊर्जा विकास बोर्डसँग सिधै खरिद सम्झौता ९पीपीए० गर्ने सहमतिका लागि प्रस्ताव गर्ने उनले बताएका थिए ।

तर, नेपाल र बंगलादेशले चाहेर मात्रै दुई देशबीच विद्युत व्यापार सम्भव छैन । दुई देशको बीचमा रहेको भारत पनि नेपाल र बंगलादेशको बिजुली व्यापारको योजनामा सहमत हुनुपर्छ ।

भारतसँग यो विषय टुंगो नलागेकाले अझै पनि बंगलादेशसँग विद्युत व्यापार गर्ने नेपालको योजना अन्योलकै भुमरीमा फसेको छ ।

बंगलादेशमा बिजुली निर्यातका लागि नयाँ प्रसारणलाइन बनाउने र भारतको विद्यमान प्रसारणलाइनलाई सहप्रयोग गर्नेबारे नेपालले गरेको प्रस्तावमा भारतीय ऊर्जा मन्त्रालयले छलफल गर्न चाहेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनामा एक खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिन विश्व बैंक सकारात्मक देखिएको छ ।

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपालमा तोकिएको समयमै परियोजना सकिने