"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् गतिरोधबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्दै

प्रकाशित मिति :  २८ श्रावण २०८०, आईतवार ११:३५


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ।

आइतबार मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले जानकारी दिए।

त्रिभुवन विमानस्थलअगाडिबाट एक क्विन्टल सुन समातिएको प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतदेखि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रकरणबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ पनि दिए। गृहमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेको एमालेले उच्चस्तरीय छानबिन समितिकै अडानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।  उनले २७७७२ मत पाएका छन्।

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेर नियुक्ति लिएका मुख्यमन्त्री खगराज अधिकारीले वैधता पाएका छन्। संविधानअनुसार सभामुखको