"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस सांसद सुनील शर्मालाई थुनामा राख्न जिल्ला अदालतको अस्वीकार

प्रकाशित मिति :  २६ श्रावण २०८०, शुक्रबार १८:५२


काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अनुसन्धानका लागि म्याद थप्न अदालतले अस्वीकार गरेको छ। बिहीबार दिउँसो आफ्नै निवास मण्डिखाटारबाट पक्राउ परेका शर्मालाई आज शुक्रबार थप अनुन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँ पुर्‍याएको थियो।

अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै उनी थुनामुक्त भएका छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिनका लागि भन्दै पक्राउ परेका अन्य सात जना डाक्टरहरू भने प्रहरी हिरासतमै छन्।

उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब)लाई आदेश दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद