"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

प्रकाशित मिति :  २५ असार २०८०, सोमबार १८:२१


काठमाडौँ । गीतकार तथा डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो। उक्त पुस्तक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले लोकार्पण गरेका थिए। 

समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा डा. भोला रिजालको महत्त्वपूर्ण योगदान रहेको बताउँदै भने, ‘डा. भोला निःसन्तान दम्पतीको लागि बरदान बन्नु भएको छ। उहाँले आफ्नो क्षेत्रबाट बहुआयामिक काम गर्नु भएको छ। सबैले आफ्नो पोसाकको महत्व बुझ्न सकेका छैनन्। तर उहाँ आफ्नो काममा निरन्तर लागिरहनु भएको छ।’

चिकित्सा पेशा, चिकित्सकको कर्म, धर्म र मर्म बुझाउन पुस्तक लेखेको रिजालले बताए। पुस्तकमा चिकित्सा पेशा शिक्षा र चिकित्सा आचारसंहिता बारेमा उल्लेख गरिएको छ। समारोहमा मन्त्री बस्नेतसँगै, कलाकार मदन कृष्ण श्रेष्ठ, जितु नेपाल, निखिल उप्रेती, सञ्चिता लुइटेल, डा. सुरेन्द्र केसीलगायत चिकित्सकहरूको उपस्थिति थियो।  

यो पुस्तक इटर्नल पब्लिकेसनले प्रकाशन गरेको हो। १४८ पृष्ठको पुस्तकको मूल्य ३७५ रहेको छ। पुस्तक बिक्रीबाट प्राप्त भएको केही रकमको समाजसेवामा लगाउने रिजालले बताएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ । पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि फिल्म ‘हल्कारा’लाई

मैले रचेको त्यो आधुनिक संसारमामैले तिमिलाई राख्न पाइन भने ?यदि मेरो लागि बनेको त्यो संसारमैले वस्न पाइन भनेर तिमिलेमलाई भन्यौं

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते  हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ