"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शमी साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टा पुरस्कृत

प्रकाशित मिति :  ९ आश्विन २०८१, बुधबार १६:५३


काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले ६ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गत शनिबार प्रतिष्ठानले एक कार्यक्रमबिच स्रष्टाहरूलाई शमी साहित्य साधना २०८१ बाट सम्मान गरेको हो।

सम्मानित हुने स्रष्टाहरूमा कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन र प्राडा कृष्णप्रसाद दाहाल रहेका छन्। सम्मानित  स्रष्टाहरूलाई सभामुख घिमिरेले जनही रु. ५० हजारसहित ताम्रपत्र हस्तान्तरण गरे।

सोही कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा लेखक/साहित्यकार गंगाप्रसाद उप्रेतीद्वारा लिखित ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पण गरियो। कार्यक्रममा लेखक तथा पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्राडा देवीप्रसाद नेपाल, डा. कृष्णहरि बराल, बैरागी काइँला, डा. नवराज लम्साललगायत साहित्यकारहरूको उपस्थिति थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा