"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोरियाली उपन्यासकार हान काङलाई साहित्यतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  २७ आश्विन २०८१, आईतवार ११:१३


काठमाडौँ- साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली उपन्यासकार हान काङले पाएकी छन्। स्विडिस एकेडेमीले ‘द भेजिटेरियन’ उपन्यासका लेखिका हाङलाई पुरस्कार दिने घोषणा बिहीबार गरेको बीबीसीले जनाएको छ।

हानलाई मानव जीवनको त्रासदी र भविष्यमा आउने उतारचढाव उजागर गरेबापत पुरस्कार दिइएको हो। एकेडेमीले भनेको छ, ‘हानको गद्यले ऐतिहासिक आघातहरूको सामना गर्दछ र मानव जीवनको कमजोर पक्षलाई उजागर गर्दछ।’ ५३ वर्षीया आख्यानकार हानले सन् २०१६ मा सोही उपन्यासका लागि बुकर इन्टरनेसनल पुरस्कार पनि पाएकी थिइन्।

नोबेल पुस्कार समितिले सन् १९०१ देखि साहित्यमा पुरस्कार दिन थालेको हो। साहित्य क्षेत्रमा नोबेल पुरस्कार पाउने हान अठारौँ महिला हुन्। साथै उनी नोबेल पुरस्कार पाउने पहिलो दक्षिण कोरियाली बनेकी छन्। द भेजिटरियन सन् २०१५ मा अंग्रेजीमा अनुवाद गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा