"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीको पक्षमा मतदान नगरे सरकार छाड्नुपर्छ : गगन थापा

प्रकाशित मिति :  १० फाल्गुन २०७८, मंगलवार १७:३२


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ ।

कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए । कांग्रेस महामन्त्री थापाले भने, ‘कि भन्न सक्नुपर्‍यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौं, भूल गर्‍यौं ।’

कांग्रेस महामन्त्री थापा कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी स्व. गुणराज पाठकको नवौं दिनको शोकसभा कार्यक्रममा भाग लिन चितवन आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन गर्ने तर वार्तामा नबस्ने भनेर कटाक्ष जारी राखेका बेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा

काठमाडौँ – सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले