"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा सदस्यलाई विद्युतीय हाजिरीको व्यवस्था

प्रकाशित मिति :  २४ बैशाख २०८०, आईतवार १४:४०


काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यहि अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए । 

सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिएका थिए । इहाजिरी हुँदा सांसद्हरूको संसद्मा उपस्थिती बढ्ने अपेक्षा लिइएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित