"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

प्रकाशित मिति :  १५ बैशाख २०८०, शुक्रबार ११:२८


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै छन्।

दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा सदनमा उपस्थिति जनाउने छ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ। मन्त्रिपरिषद् विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्।

शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०/०८१ का लागि शुक्रबार नीति

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर