"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे पैसा

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार २२:०४


सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन्।

आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो। चार लाख ८४ हजार सात सय ३० रूपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो।

घाट निर्माणका क्रममा मेयर मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए। मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन। यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन्।

उनले आइतबार ब्याजसहित पाँच लाख ५१ हजार रूपैयाँ नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १०

काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार