"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १०:३२


बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यस्तै एमालेका ४ र कांग्रेसका ४ सांसदले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा बुधबारका लागि शपथ ग्रहण तय गरिएको हो । मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको हो ।

एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । २ मन्त्रालय साना दलका लागि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन गर्ने तर वार्तामा नबस्ने भनेर कटाक्ष जारी राखेका बेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा

काठमाडौँ – सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले