"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुरस्कारका लागि मदन पुरस्कार गुठीले माग्यो पुस्तक

प्रकाशित मिति :  १४ बैशाख २०८०, बिहीबार ११:५९


काठमाडौँ ।  ‘मदन पुरस्कार-२०७९’का लागि मदन पुरस्कार गुठीले किताब पठाउन अनुरोध गरेको छ। २०७९ सालमा नेपाल भित्र र बाहिरबाट प्रकाशित नेपाली भाषाका पुस्तक पुरस्कारका लागि छनोट हुने गुठीले जनाएको छ।

किताबका तीनप्रति गुठीका लागि र एक प्रति संरक्षणका लागि मदन पुरस्कार गुठीको कार्यालयमा पठाउने अनुरोध गुठीद्वारा गरिएको छ। २०७९को चैत मसान्तसम्म प्रकाशित पुस्तक र विवरणपत्र पठाउने अन्तिम मिति २०८० वैशाख १५ रहेको छ।

मदन पुरस्कार नेपालको एक साहित्यिक सम्मान हो। जुन मदन पुरस्कार गुठीले क्यालेन्डर वर्षभित्र प्रकाशित नेपाली भाषामा उत्कृष्ट पुस्तकको लागि वार्षिक रूपमा प्रदान गर्छ। यसलाई नेपालको सबैभन्दा प्रतिष्ठित साहित्य पुरस्कार मानिन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ। निर्माण टिमले शनिबार उपत्यकाको १८

काठमाडौँ। निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र नीरफूल प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा निर्देशक फूलमान वलले चलचित्रमार्फत

काठमाडौँ । हामीले दैनिक आफ्नो आहारमा सलाद समावेश गरेका हुन्छौँ । काँक्रो, गाँजर, मुला, प्याजको टुक्रा खानाको साइडमा राख्नु नै सलाद

काठमाडौँ । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचको मनोनयन घोषणा भएको छ। जसमा ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ