"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले दिए नेपाल आइडल करणलाई गितार उपहार

प्रकाशित मिति :  १३ असार २०८१, बुधबार १२:०७


काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार्दै परियार बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका थिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमा छु,’ परियारलाई प्रधानमन्त्रीले भने।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । नेपाली समयानुसार बुधबार बिहान एकेडेमी

काठमाडौँ- अस्करको दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा शिल्पा केसीको निर्देशनमा बनेको छोटो फिल्म ‘दसैँ आयो’ले जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५

काठमाडौँ-  पछिल्लो सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको यसका लेखकले दाबी गरेका छन्। उपन्यासका लेखक शिवशंकर बस्यालले फेसबुकमा