"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको सुचि छनोट

प्रकाशित मिति :  १६ असार २०८१, शनिबार १८:४९


काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको छ ।

शनिबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गरी २०८० सालमा प्रकाशितमध्ये १८६ पुस्तक प्राप्त भएकामा पुरस्कार चयन समितिले पहिलो चरणमा १५ वटा पुस्तकको सूची दिएको जानकारी दिए ।

प्रतिष्ठानले सार्वजनिक गरेका १५ पुस्तकमा विष्णु सापकोटाको उपन्यास अडिएका पाइला, कृष्ण गौतमको उपन्यास अद्वैत, सानु शर्माको कथा संग्रह अर्को देशमा, रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार, भानु बोखिमको उपन्यास गोधूलि गीत, विश्व कुइँकेलको उपन्यास गोपीचा र कुमार नगरकोटीको संस्मरण जोगियाना रहेका छन् ।

त्यस्तै चिरञ्जीवी वाग्लेको उपन्यास बहादुर शाह, सुमिनाको कविता संग्रह बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको नियात्रा बादलडाँडा, अखण्ड भण्डारीको उपन्यास बोरा, गोविन्द कुसुमको उपन्यास भृकुटी, गोपी सापकोटाको संस्मरण लण्डन अनप्लग्ड, अरुण गुप्तोको निबन्ध संग्रह संस्कृति चिन्तन र भुवनहरि सिग्देलको जीवनाख्यान साखेजुङको उकालो पनि १५ पुस्तकको सूचीमा परेका छन् ।

यो सूचीबाट अर्को महिना पाँचवटा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने अध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई लाख रुपैयाँ राशीको पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर