"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका सकस : सत्तापक्ष र प्रतिपक्षविचका आ-आफ्नै अडान कायम

प्रकाशित मिति :  २६ चैत्र २०७९, आईतवार १३:३०


काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट अघि बढाउन गरेको प्रस्ताव प्रतिपक्षी दलले अस्वीकार गरेको छ।

शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानुनलाई फास्ट ट्र्याकबाट अघि बढाउन गरेको प्रस्ताव एमालेले अस्वीकार गरेको हो।

प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले यस विषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिए। बैठकपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक छिटो टुंगो लगाउने विषयमा छलफल भएको जानकारी दिए।

आफूहरूले फास्ट ट्र्याकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानुपर्नेमा जोड दिएको उनले बताए। एमाले अध्यक्ष ओलीले संसदलाई सहज रूपमा अघि बढाउनेलगायतका विषयमा सकारात्मक रूपमा कुराकानी भएको जनाए।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट नभई समितिमा छलफल गरेर अघि बढाउनुपर्ने बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल सकारात्मक भएको जानकारी दिए।

सभामुख घिमिरेले नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत सबै विषयमा सहमति खोज्नका लागि छलफल भएको जनाउँदै यी विषयहरूमा छलफल सकारात्मक भएको प्रतिक्रिया दिए।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरूले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार