"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी प्रदेशको नाम सच्याउने पहल गर्न प्रचण्डले दिए आश्वासन

प्रकाशित मिति :  २३ चैत्र २०७९, बिहीबार १३:००


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०/०८१ का लागि शुक्रबार नीति

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर