"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको साक्षरता दर ७६ प्रतिशत पुग्यो

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार १७:२३


काठमाडौं। नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

२०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

जनगणना २०७८ नुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) मात्र उत्तीर्ण गरेका छन् । निम्न माध्यामिक तह (कक्षा ६ देखि ८ सम्म) मात्र उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सी. वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु ९.५ प्रतिशत देखिन्छन् ।

यसैगरी एस.एल.सी. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन् । यस्तै १.८ प्रतिशत व्यक्तिहरुले अनौपचारिक शिक्षा अध्ययन गरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले अध्यापन अनुमति पत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१

काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९

काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३०

विराटनगर । जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ